बाजे मन्दिरे रोकायाको स्मृतिमा आठाबिस निवासी चन्द्र बहादुर रोकायाले गरे भवानी मा. बि.मा अक्ष्यकोष स्थापना

सेयर गरौं

थलारा गाउँ पालिका वडा नम्बर ७ स्थित भवानी मा बि माडौकाट्नेमा अक्षय कोष स्थापना गरिएको छ ।थलारा गाउँ पालिका वडा नम्बर ७ आठाबिस निवासी चन्द्र बहादुर रोकायाले बिधालयको ४९ औ बार्षिक उत्सबको अबसरमा बाजे मन्दिरे रोकायाको स्मृतिमा आज १लाख १ हजारको अक्षयकोष स्थापना गर्नु भएको हो ।
बिधालयको बार्षिक कार्यक्रममा रोकायाले उक्त रकमको चेक बिधालयका प्रधानाध्यापक शिबराज उपाध्याय र लेखापाल पदमराज पण्डितलाई हस्तान्तरण गर्नु भएको हो ।
असाह्य अनाथ र आर्थिक स्थिति कम्जोर भएका बालबालिको पढाइमा सहयोग पुगोस वडा भित्रका कुनै पनि बालबालिकाको आर्थिक अभावमा पढाइ नरोकियोस भनेर आफुले बिधालयमा अक्षयकोष स्थापना गरेको चन्द्रबहादुर रोकायाले बताउनुभयो ।कोषमा आफ्नो घरपरिवारको सहयोग रहेको र त्यसलाई कसरी ब्यबस्थित गर्ने भन्ने बारे बिधालय संग छलफल गरिने उनको भनाइ छ । बिधालयमा असाह् अनाथ तथा कम्जोर स्थिति भएका बालबालिकाको पढाइमा सहयोग पुग्ने गरि अक्षयकोष स्थापना गरेकोमा बिधालयले रोकायालाई धन्यवाद दिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
2
+1
0
+1
0
+1
2
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 168