हिंसा प्रभावित महिला तथा बालबालिकाहरुको सेवामा पहुँच सुनिश्चितताका लागि सेवा प्रदायक निकायहरू बिच छल्फल

सेयर गरौं

थलारा गाउँ पालिकामा हिंसा प्रभावित महिला तथा बालबालिकाहरुको सेवामा पहुँच सुनिश्चितताका लागि सेवा नक्साङकन तथा सिफारिस प्रणाली स्थापना गर्न सेवा प्रदायक निकायहरू बिच छल्फल कार्यक्रम सम्पन्न भएको छ ।
निड्स नेपाल सुदुर पश्चिममा बालविवाह न्युनिकरण परियोजनाको आयोजनामा बुधबार सरोकारवाला हरुसंग छलफल कार्यक्रम सम्पन्न भएको हो ।
थलारा गाउँ पालिका उपाध्यक्ष राम बहादुर खातीको अध्यक्षतामा भएको कार्यक्रममा थलारा गाउँ पालिका अध्यक्ष प्रकाश बहादुर रोकाया प्रमुख अतिथि रहनु भएको थियो ।
थलारा गाउँपालिकामा महिला हिंसाका क्षेत्रमा कुन कुन संस्थाले काम गरिरहेकाछन। लैंगिकहिंसा रोकथामका लागि समुदायमा आधारित संघ संस्था हरुको भुमिका बारेमा नक्साङकन गरि कार्यक्रम लाई प्रभाबकारी बनाउने उद्देश्यले कार्यक्रमक‍ो आयोजना गरिएको निड्स नेपाल सहजकर्ता पार्वती शाहीले जानकारी दिनु भयो ।
कार्यक्रममा लैंगिक हिंसा भनेका के हो, लैंगिक हिंसाका प्रकार, लैंगिक हिंसा निराकरणका उपाय र हिंसा निराकरण गर्न बनाईएका कानुनी ब्यवस्थाहरु बारे छलफल गर्नुका साथै थलारा गाउँ पालिका भित्र लैङ्गकि हिंसाका न्युनिकरणको क्षेत्रमा काम गरि रहेका संघ संस्थाहरुको समेत नक्साङकन गरिएको थियो ।

छलफल कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष टिकाराज जोशी, प्रमुख प्रशासकीय अधिकृत सिद्वराज पण्डित कार्यपालिका सदस्य सुनिता गिरी हेमन्ती सिंह, शिक्षा संयोजक हर्क बहादुर रोकाया लगायत बिषयगत शाखाका प्रमुख, बिधालयका शिक्षिका, महिला स्वयंसेविका, ईलाका प्रहरी कार्यालय खोलीका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
निड्स नेपाल थलारा सहजकर्ता पार्वती शाहीको सञ्चालनमा भएको कार्यक्रमको सहजिकरण फियान नेपालका सीता सिंहले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1321