७ चैत्र २०८१, शुक्रबार

थलारा गाउँ पालिका कृषि शाखाद्वरा कृर्षक लाई अनुदानमा फलामे टनेल बितरण
थलारा गाउँ पालिका कृषि शाखाले कृर्षक लाई अनुदानमा फलामे टनेल बितरण गरेको छ । शाखाले ६० प्रतिशत मुल्य अनुदानमा ११ वटा फलामे टनेल बितरण गरेको हो ।
गाउँपालिकाको बार्षिक स्वीकृत कार्यक्रम अनुसार अनुदानमा टनेलहरु बितरण गरिएको हो ।
गाउँ पालिकालाई तरकारीमा आत्मनिर्भर बनाउने हेतुले यो आर्थिक बर्षमा गाउँ पालिकाबाट कुनै पनि सेवा सुबिधा नपाएका, तरकारी खेती गरि रहेका र तरकारी खेती गर्न ईच्छुक कृषकलाई ६० प्रतिशत मुल्य अनुदानमा ११ टनेल बितरण गरेको थलारा गाउँ पालिका कृषि शाखा ना.प्रा.स.बिनोद रावलले बताउनुभयो ।
फलामे टनेल बितरण गर्नु अगाडि गाउँ पालिकाले किसानका माग संकलन गरेको थियोे । १६ जनाले निबेदन दिएका थिए । टनेल बितरण शिर्षकमा जम्मा ६ लाख बजेटमात्र स्वीकृत भएकाले ११ जना कृषकलाई मात्र फलामे टनेल बितरण गरिएको ना.प्रा.स. रावलको भनाइ छ ।
फलामे टनेल कम्तीमा पनि १० वर्ष टिक्छ । बलियो र भरपर्दो भएकोले कृषकले बेमौसमी तरकारी खेती गरि फाइदा लिन सक्छन् रावलले भन्नुभयो हामीले टनेलसंगै टमाटरको बिउ र हजारी पनि दिएका छौ । यो बर्ष समेट्न नसकेका कृषकलाई आगामी बर्ष समेट्ने छौ ।