२८ आश्विन २०८१, सोमबार
मष्टा गाउँपालिकामा निशुल्क आँखा शिविर सञ्चालन पहिलो दिन १ सय ३५ जनाले लिए सेवा
बझाङ : मष्टा गाउँपालिकामा निशुल्क आँखा शिविर सञ्चालन भएको छ । मष्टा गाउँपालिकाको आयोजना तथा गेटा आँखा अस्पताल कैलालीको प्राविधिक सहयोगमा पालिकाका विभिन्न स्वास्थ्यचौकिमा मोतीबिन्दु तथा आँखा सम्बन्धी समस्या भएका बिरामीहरुका लागि शिविर आयोजना गरिएको हो ।
आज पहिलो दिन वडा नम्बर १ को कोटदेवल स्वास्थ्य चौकीमा शिविर सम्पन्न भएको वडा अध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिनुभयो । उक्त शिविरमा ७६ जना महिला र ५८ जना पुरुष गरेर १ सय ३५ जनाले सेवा लिएका छन् । २३ जना मोतिबिन्दुका बिरामी भेटिएकोमा उनिहरुको अप्रेसन गरिने बताइएको छ ।
मष्टा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामचन्द्र रोकायाको अध्यक्षतामा सञ्चालन भएको शिविरमा गाउँपालिका अध्यक्ष ज्ञान बहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियोे । विशिष्ट अतिथिमा वडा नम्बर ४ का वडा अध्यक्ष उत्तम राज जोशी रहनुभएको थियोे । शिविरमा गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगाएत स्थानीयको सहभागीता रहेको थियोे ।
आजदेखि सुरु भएको शिविर ११ गतेसम्म चल्ने भएको छ ।भोलि ९ गते मष्टा स्वास्थ्यचौकि, १० गते भातेखोला स्वास्थ्यचौकि र ११ गते रिलु स्वास्थ्यचौकिमा निशुल्क आँखा शिविर सञ्चालन गरीने गाउँपालिकाले जनाएको छ ।