२७ आश्विन २०८१, आईतवार
कार्यसम्पादन मूल्याङ्कनको आधारमा सुदूरपश्चिम प्रदेशमा बझाङको छबिसपाथिभेरा गाउँपालिका उत्कृष्ट घोषित ।
कार्यसम्पादन मूल्याङ्कनको आधारमा सुदूरपश्चिम प्रदेशमा बझाङको छबिसपाथिभेरा गाउँपालिका उत्कृष्ट घोषित भएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको विवरण अनुसार छबिसपाथिभेरा गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा ४६.८१ अङ्क प्राप्त गरेर सुदुरपश्चिम प्रदेशमा उत्कृष्ट बनेको गाउँपालिका अध्यक्ष बसन्त चलाउनेले जानकारी दिनुभयो ।
पालिकाहरूले २०८० असार १० गतेभित्र आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा तथा नगरसभामा पेस गरे/नगरेको, गाउँ कार्यपालिका नगर कार्यपालिकाले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभा वाट २०७९ असार मसान्तभित्र पारित गरे/नगरेको, स्थानीय तहले आर्थिक वर्ष २०७९/०८० मा घर जग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर बाफत उठेको रकम मध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे /नगरेको लगायतका सूचक राखिएका छ ।
स्थानीय तह मध्ये जयपृथ्बी नगरपालिकाले ४५.३२ अंक सहित जिल्लामा दोस्रो स्थानमा छ । तेस्रोमा मष्टा गाउपालिकाले ३८.५४ अंक प्राप्त गरेको छ । साइपाल गाउपालिकाले ३७.०३ अँक सहित चौथो भएको छ ।
यस्तै थलारा गाउपालिकाले ३५.०५ अँक पाएको छ भने बित्थडचिर गाउपालिकाले ३३ं.७८ , केदारस्यु गाउपालिकाले ३२.०४, तल्कोट गाउपालिकाले २६.७३, खप्तडछान्ना गाउपालिकाले २७.९८, बुङगल नगरपालिकाले २४.९६, सुर्मा गाउपालिकाले २७.५१ र दुर्गाथली गाउपालिकाले ३१.२५ अँक पाएको छ ।
त्यस्तै, प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ को दफा ७ अनुसार कार्य सम्पादन मूलल्यांकन गरी अंक प्रदान गरिएको र प्राप्त अंकमा चित्त नबुझे ७ दिनभित्र निवेदन दिन भनिएको छ ।