आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान, थलारा गाउँ पालिकामा १५ सय ४३ बालबालिका समेटिँदै

सेयर गरौं

सरकारले दादुरा-रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ। 
अभियानअन्तर्गत थलारा गाउँ पालिका भित्रका ९ महिनादेखि ५ वर्ष उमेर समुहका १५ सय बढी बालबालिकालाइ दादुरा–रुबेला खोप लगाईने भएको छ । यहि फागुन १३ गते देखि १५ गते सम्म सञ्चालन हुने दादुरा–रुबेला खोप अभियानमा गाउँ पालिका भित्रका ९ महिना देखि ५ बर्ष भित्रका १५ सय ४३ जना बालबालिकालाइ खोप लगाइने आज थलारा गाउँ पालिका स्वास्थ शाखाको आयोजनामा गरीएको पालिका स्तरिय अभिमुखिकरण कार्यक्रममा जानकारी गराइएको हो ।
खोप लगाउन छुटेका बालबालिकाहरुलाइ समेत समेट्ने र ९५ प्रतिशत खोप कबरेज गर्ने लक्ष सहित नियमित खोप सेवा सञ्चालन गर्ने स्थान, संगै थप ख‍ोप केन्द्र तोकिएको छ । नजिकैको खोप केन्द्रमा बालबालिकालाइ खोप लगाइने थलारा गाउँपालिका स्वास्थय शाखा प्रमुख पदम बहादुर ओलीले बताउनुभयो । उनका अनुसार थलारा गाउँ पालिकामा १२ वटा नियमित खोप केन्द्र रहेकाछन दादुरा रुवेला ख‍ोप अभियानलाई सफल बनाउन २३ केन्द्रबाट खोप दिईने ब्यबस्था मिलाईएको छ ।
दादुरा रुबेला खोप अभियानमा थलारा गाउँ पालिकाले ९५ प्रतिशत खोप कबरेज गर्ने लक्ष राखेकाले कुनै पनि लक्षित बालबालिका नछुटुन र अभियानलाइ सफल बनाउन जनप्रतिनिधि, पत्रकार सरोकार वाला सम्पूर्णलाइ सहयोगका लागि स्वास्थ्य शाखा प्रमुख ओलीले अपिल समेत गर्नु भयो।
कार्यक्रममा थलारा गाउँ पालिका अध्यक्ष प्रकाश बहादुर रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राम बहादुर खाती ९ वटै वडाका वडा अध्यक्ष कार्यपालिका सदस्यहरु प्रमुख प्रशासकिय अधिकृत सिद्वराज पण्डित , बिषयगत शाखा प्रमुख लगाएतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 260