थलारा गाउँ पालिका वडा नम्बर ५ मा १५ दिने हाते ट्याक्टर मर्मत तालिम सुरु ।

सेयर गरौं

थलारा गाउँ पालिका वडा नम्बर ५ मा १५ दिने हाते ट्याक्टर मर्मत तालिम वडा नम्बर ५ मा १५ दिने हाते ट्याक्टर मर्मत तालिम उद्घाटन भएको छ । थलारा गाउँपालिका उधम बिकास शाखाको आयोजनामा १५ दिने हाते ट्याक्टर मर्मत तालिमको मंगलबार उद्घाटन गरिएको हो । वडा नम्बर ५ का वडा अध्यक्ष नरबहादुर खातीक‍ो अध्यक्षतामा भएको कार्यक्रममा वडा सचिव प्रकाश बिष्ट, प्रशिक्षक सुनिल खड्का थलारा गाउँ पालिका उधम शाखा प्रमुख कबिन्द्र बिष्ट अतिथि रहनु भएको थियोे ।
थलारा गाउँ पालिकामा हाते ट्याक्टर मर्मत गर्ने र गाउँ पालिकामा रोजगारी सृजना गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको थलारा गाउँ पालिका उधम शाखा प्रमुख कबिन्द्र बिष्टले बताउनुभएको छ ।
तालिममा थलारा गाउँ पालिका भित्रका १५ जना सहभागी रहेकाछन । कार्यक्रम उधम शाखा सहजकर्ता निर्मला भण्डारीको सञ्चालनमा भएको थियोे ।
यस अघि थलारा गाउँ पालिका उधम बिकास शाखाले साबुन उधोग सम्बन्धि तालिम पनि सञ्चालन गरेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 159