१९ आश्विन २०८१, शनिबार
थलारा गाउँ पालिकामा बिपद पुर्वतयारी तथा प्रतिकार्य योजना अध्याबधिक कार्यशाला सम्पन्न ।
थलारा गाउँ पालिकामा बिपद पुर्वतयारी तथा प्रतिकार्य योजना अध्याबधिक कार्यशाला सम्पन्न भएको छ ।
थलारा गाउँ पालिकाको आयोजनामा र युएमएन प्रगतिशील युवासमाज बिपद ब्यबस्थापन परियोजनाको सहजिकरणमा बुधबार बिपद ब्यबस्थापनको पुर्वतयारी तथा प्रतिकार्य योजना अध्याबधिक कार्यशाला सम्पन्न भएको हो ।
बिपद प्रतिकार्यका लागि बिषयगत क्षेत्रहरुको भुमिका तथा जिम्मेवारी निर्धारण गर्न , मुख्य जिम्मेवार तथा सहयोगी निकायहरु पहिचान, बिपदको लेखाजोखा जोखिम नक्साङकन बिगतमा घटेका बिपदका घटनाहरुको तथ्यांक संकलन र बिश्लेषणका आधारमा जोखिम सुचित योजना तर्जमा गर्न,बिपद प्रतिकार्यका लागि सामान्य पुर्व तयारी पुर्वानुमान आधारित पुर्वतयारी तथा अल्पकालीन प्रतिकार्यका क्रियाकलापहरु तय गर्न र बिपद प्रतिकार्यकालागि हाल उपलब्ध स्रोत साधन र जनशक्तिको लेखाजोखा एबं सम्भावित बिपदको सामना गर्न आवश्यक क्षमताको आकलन प्रक्षेपण र प्रबन्ध गर्ने उद्देश्यले कार्यशालाको आयोजना गरेको थलारा गाउँ पालिका बिपद फोकल पर्सन प्रकाश भण्डारीले बताउनुभयो ।
थलारा गाउँ पालिका उपाध्यक्ष राम बहादुर खातीको अध्यक्षतामा भएको कार्यक्रममा बिषयगत क्षेत्र नेतृत्व गर्ने शाखा, बिषयगत क्षेत्र सहयोगी निकाय पहिचान र बिपद सम्बन्धि तथ्यांक तथा सुचना संकलनका लागि सम्पर्क ब्यक्ति र मिति तयका बिषयमा छलफल गरिएको थियो ।
थलारा गाउँ पालिका स्वास्थ शाखा प्रमुख पदम बहादुर ओलीको सञ्चालन रहेको कार्यक्रममा वडा अध्यक्ष कार्यपालिका सदस्य प्रमुख प्रशासकीय अधिकृत सिद्वराज पण्डित बिषयगत शाखा प्रमुख ईप्रका थलारा खोलीका प्रतिनिधि युएमएन प्रगतिशील युवासमाजका कर्मचारी पत्रकार लगायतको उपस्थिति रहेको थियोे ।
सहभागीलाई प्रगतिशील युवासमाज बिपद ब्यबस्थापन परियोजनाका पिसि निरज श्रेष्ठले कार्यक्रम का बारेमा प्रष्ट पार्नु भएको थियो