१३ माघ २०८१, आईतवार
थलारा गाउँ पालिका २०८० सालको आधारभूत तह कक्षा ८ को बार्षिक परीक्षा को तालिका सार्वजनिक
थलारा गाउँ पालिकाले २०८० सालको आधारभूत तह कक्षा ८ को बार्षिक परीक्षा को तालिका सार्वजनिक गरेको छ ।
आज गाउँ पालिकाले सुचना मार्फत थलारा गाउँ पालिका २०८० सालको आधारभूत तह कक्षा ८ को बार्षिक परीक्षा चैत्र २ गतेदेखि हुने जनाएको हो ।
गाउँ पालिकाले सार्वजनिक गरेको सुचना अनुसार २०८०/११/४ गते बसेको परीक्षा सञ्चालन तथा ब्यबस्थापन समितिको बैठकले आधारभूत तह कक्षा ८ को बार्षिक परीक्षा चैत्र २ गते शुक्रबार दिउँसो १२ बजे देखि गर्ने निर्णय गरेको हो ।
सुचना अनुसार चैत्र २ गते शुक्रबार अंग्रेजी चैत्र ४ गते आईतवार गणित चैत्र ५ गते सोमबार नेपाली चैत्र ६ गते मंगलबार बिज्ञान तथा प्रबिधि चैत्र ७ गते बुधबार सामाजिक अध्ययन तथा मानव मुल्य शिक्षा चैत्र ८ गते बिहीबार स्वास्थ शारीरिक तथा सृजनात्मक कला र चैत्र ९ गते शुक्रबार हाम्रो थलारा (स्थानीय बिषय) को परीक्षा हुनेछ ।