१२ माघ २०८१, शनिबार
बाँझो रहेको जमिनमा फलफूल खेती गरि सदुपयोग गरौ- वडा अध्यक्ष जोशी ।
थलारा गाउँ पालिका वडा नम्बर ८ मा तीन दिने सुन्तला जात फलफूल बगैंचा पुनस्तापना तथा ह्रास रोग नियन्त्रण तालिम सुरु भएको छ ।
बालिसंरक्षण प्रयोगशाला सुन्दरपुर कञ्चनपुर, कृषि ज्ञानकेन्द्र बझाङ र थलारा गाउँ पालिका कृषि शाखाको संयुक्त आयोजनामा वडा नम्बर ८ मा सुन्तला खेती गरि रहेका र गर्न ईच्छुक किसानहरुका लागि सुन्तला जात फलफूल बगैंचा पुनस्तापना तथा ह्रास रोग नियन्त्रणका लागि तीन दिने तालिम बिहीबारदेखि सुरु भएको हो ।
बालि संरक्षण प्रयोगशाला सुन्दरपुर कञ्चनपुरका निमित्त कार्यालय प्रमुख भक्त बहादुर पानको अध्यक्षतामा भएको कार्यक्रममा थलारा गाउँ पालिका वडा नम्बर ८ का अध्यक्ष टिकाराज जोशी प्रमुख अतिथि र कृषि ज्ञानकेन्द्रका प्रमुख टेक बहादुर बिष्ट अतिथि रहनु भएको थियोे ।
तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष जोशीले थलारा गाउँ पालिका वडा नम्बर ८ को माटो फलफूल तरकारी र अन्न उत्पादनका लागि अत्यन्तै राम्रो रहेकोले निर्बाहमुखि नभई वडालाई फलफूल र तरकारी उत्पादनको हब बनाउन तालिमले मद्दत गर्ने बताउनु भयो । साथै अध्यक्ष जोशीले बाझो रहेको जमिनमा फलफूल खेती गरि सदुपयोग गर्न कृषकलाई आग्रह गर्नु भयो ।
तालिमको उद्देश्य स्पष्ट पार्दै बालि संरक्षण प्रयोग साला अधिकृत सन्तोष भट्टले सुन्तला खेती गरिरहेका कृषकलाई सुन्तला खेतीमा लाग्ने विभिन्न रोग किरा को नियन्त्रण कसरी गर्ने बालिमा हुने क्षति कसरी कम गर्ने र सुन्तला खेतीलाई बिस्तार गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो ।उनका अनुसार तालिम थेउरी र प्राईटिकल दुबै बिधिमा हुनेछ
तालिममा थलारा गाउँ पालिका वडा नम्बर ८ भित्र सुन्तला खेती गरिरहेका र सुन्तला खेती गर्न चाहाने इच्छुक ८० जना कृषकहरुको सहभागीता रहेको छ ।
सहभागीलाई कृषि ज्ञानकेन्द्र बझाङका प्रमुख टेक बहादुर बिष्ट थलारा गाउँ पालिका कृषि शाखा प्रमुख प्रदिप नेपाली नाप्रस बिनोद रावल लगायत प्रशिक्षक रहनु भएको छ ।
सुदुर पश्चिम प्रदेशको सुन्तला जात फलफूल बगैंचा पुनस्थापना तथा ह्रास रोग नियन्त्रण कार्यक्रममा बझाङको थलारा गाउँ पालिका वडा नम्बर ८ छनौट भएको छ ।