वैद्यनाथधाम कोटिहोमको मुख्य हवनकुण्डमा आगलागी

सेयर गरौं

अछाम । अछामको साँफेबगर नगरपालिका–१ स्थित वैद्यनाथधाममा सञ्चालन भइरहेको कोटिहोमको मुख्य हवनकुण्डमा भएको आगलागी नियन्त्रणमा लिइएको छ ।

वैद्यनाथ मन्दिर अगाडि मैदानमा रहेको मुख्य हवनकुण्डमा आगलागी हुँदा हवनकुण्ड जलेर नष्ट भएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

हवन गर्नेक्रममा आगोको झिल्कोले खरले छाएको कुण्डमा आगो सल्किँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख सन्तोष पाठकले जानकारी दिए । स्थानीय, दर्शनार्थी र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ । १४४ वर्षपछि वैद्यनाथ धाममा कोटिहोम फागुन १० गतेबाट सञ्चालन भइरहेको छ ।

कोटिहोमको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए । कोटिहोम फागुन २५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1242