१९ आश्विन २०८१, शनिबार
युनिसेफ नेपाल बालसंरक्षण शाखा प्रमुख ड्याङ र थलारा गाउँ पालिका उपाध्यक्ष खाती बिच शिष्टाचार भेटघाट
युनिसेफ नेपाल बालसंरक्षण शाखा प्रमुख ड्याङले आज थलारा गाउँ पालिकामा भ्रमण तथा शिष्टाचार भेटघाट गर्नु भएको छ ।
युनिसेफको सहयोगमा निड्स नेपालद्वारा सञ्चालित कार्यक्रम कसरी काम गरि रहेकाछन भनेर अनुगमन गर्न आउनु भएका ड्याङले सोमबार थलारा गाउँ पालिका उपाध्यक्ष राम बहादुर खातीसंग उपाध्यक्ष को कार्यकक्ष थलारा गाउँ पालिकाको कार्यालयमा भेटघाट गर्नु भएको हो ।
भेटका क्रममा बालसंरक्षण शाखा प्रमुख केनीयाली नागरिक ड्याङले युनिसेफको सहयोगमा निड्स नेपालद्वारा सञ्चालन भइरहेका कार्यक्रम र अझै कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारे बुझ्न थलारा गाउँ पालिकामा पुगेको बताउनुभयो ।
थलारा गाउँ पालिका उपाध्यक्ष राम बहादुर खातीले युनिसेफको सहयोगमा सञ्चालन भईरहेका कार्यक्रम प्रभावकारी रहेको भन्दै अझै थप गर्दै लैजान पर्नेमा जोड दिनु भएको थियो ।
उक्त शिष्टाचार भेट तथा छलफल कार्यक्रममा युनिसेफ नेपाल बालसंरक्षण अधिकृत प्रकाश कैनी, निड्स नेपाल कार्यक्रम संयोजक टेक बिक र निड्स नेपाल थलारा सहजकर्ता पार्वती शाहीको उपस्थिति रहेको थियो ।
त्यस्तै थलारा गाउँ पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जोशी,स्वास्थ्य शाखा प्रमुख पदमबहादुर ओली र महिला बालबालिका शाखा प्रमुख हेमन्त चन्दको उपस्थिति रहेको थियो ।
निड्स नेपालले युनिसेफको आर्थिक सहयोगमा थलारा गाउँ पालिकाका ६ वटा वडामा बालबालिका का क्षेत्रमा रुपान्तरण अभियान कक्षा सञ्चालन गरिरहेको छ भने बालबिबाह न्युनिकरण र महिला तथा बाल हिंसा न्युनिकरणका क्षेत्रमा कार्य गर्दै आएको छ ।