२८ आश्विन २०८१, सोमबार
थलारा गाउपालिकाले विविध कार्यक्रम गरी ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनायो ।
थलारा गाउपालिकाले विविध कार्यक्रम गरी ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । दिवसको अबसरमा पालिकाले देउडा प्रतियोगीता, महिला म्युजिक चेयर्स प्रतियोगीता, एकल महिला नृत्य ,सडक नाटक कार्यक्रम आयोजना गरेको थियो ।
थलारा गाउँ पालिका कार्यपालिका सदस्य सुनिता गिरिको अध्यक्षतामा भएको कार्यक्रममा थलारा गाउँ पालिका उपाध्यक्ष राम बहादुर खाती प्रमुख अतिथि रहनु भएको थियो
कार्यक्रममा महिला म्युजिक चेयर्स प्रतियोगीतामा प्रथम वडा नम्बर ५ दितिय वडा नम्बर ७ र तृतीय वडा नम्बर ९ भएको छ । एकल महिला नृत्य देउडा प्रतियोगितामा प्रथम वडा नम्बर ८ द्वितीय ६ र तृतीय वडा नम्बर ४ भएको छ । त्यस्तै सडक नाटकमा प्रथम वडा नम्बर ६ द्वितीय वडा नम्बर ४ र तृतीय वडा नम्बर ५ भएको छ । देउडा प्रतियोगीतामा प्रथम पुरस्कार १० हजार ,द्धितीय ८ हजार र तृतीय ५ हजार पुरस्कार तोकिएको थियोे ।
यस्तै महिला म्युजिक चेयर्स प्रतियोगीतामा प्रथम पुरस्कार २ हजार द्धितीय १ हजार ५सय, तृतीय पुरस्कार १ हजार तोकिएको थियोे भने एकल महिला नृत्य प्रतियोगीतामा प्रथम पुरस्कार २ हजार, द्धितीय पुरस्कार १ हजार ५ सय र तृतीय पुरस्कार १ हजार राखिएको थियो । यस्तै सडक नाटक तर्फ प्रथम पुरस्कार ४ हजार, द्धितीय २ हजार ५ सय , तृतीय पुरस्कार १ हजार ५०० पुरस्कार तोकिएको थियोे । त्यस्तै जयपृथ्बी नगर पालिकाले पनि ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अबसरमा नगर पालिका स्तरीय बक्तित्वकला लगायतका कार्यक्रम गरेको छ ।
हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।
यस वर्षको महिला दिवसको नारा महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ दिइएको छ । दिवसका अवसरमा नेपालमा पनि विविध कार्यक्रमहरू आयोजना गरिएको थियो ।