कोटभैरब साना किसान कृषि सहकारी संस्था को सातौ साधारणसभा सम्पन्न राजेश सब्खोलीक‍ो अध्यक्षतामा नयाँ संञ्चालक समिति चयन ।

सेयर गरौं

थलारा गाउँ पालिकामा सञ्चालित कोटभैरब साना किसान कृषि सहकारी संस्था लि.को सातौ साधारणसभा शनिबार उद्घाटन भएको छ ।
सहकारीका अध्यक्ष हर्क बहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि थलारा गाउँ पालिका उपाध्यक्ष राम ब खाती वडा नम्बर ५ का वडा अध्यक्ष नर बहादुर खाती बिशिस्ट अतिथि र कार्यपालिका सदस्य सुनिता गिरि बिशेष अतिथि रहनु भएको थियो । कार्यक्रमको सञ्चालन सहकारीका प्रबन्धक गणेश पार्कीले गर्नु भएको थियो ।
बार्षिक प्रतिवेदन प्रस्तुत अध्यक्ष हर्कबहादुर बिष्टले आर्थिक बर्ष २०७९/८० को वार्षिक प्रगति प्रतिब्द प्रश्तुत गर्नु भएको थियो । भने प्रबन्धक गणेश पार्कीले समुहको बचत प्रश्तुत गर्नु भएको थियो । कार्यक्रममा थलारा गाउँ पालिका उपाध्यक्ष राम बहादुर खाती,वडा नम्बर ५ का वडा अध्यक्ष नर बहादुर खाती,उन्नति बहुद्देशिय सहकारीका अध्यक्ष ग‍ोकुल राज जोशी लगायतले शुभकामना मनतब्य राख्नु भएको थियोे ।
सहकारीको साधारणसभाले राजेश सब्खोलीको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति गठन गरेको छ ।
२०७२ मा स्थापना भएको सहकारीमा ५ सय १२ सेयर सदस्य र ८३ बचत समुह रहेकाछन । जम्मा सेयर धनीको पुजी १३ लाख ४६ हजार १ सय ४९ जम्मा पुजी तथा दायित्व ७० लाख ९७ हजार ९ सय ७७ र जम्मा सम्पत्ति तथा जायदात ७० लाख ९७ हजार ९ सय ७७ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 159