३ फाल्गुन २०८१, शनिबार

थलारा गाउँ पालिकामा हाते ट्याक्टर मर्मत र सावुन बनाउने तालिम सम्पन्न
थलारा गाउँ पालिकामा हाते ट्याक्टर मर्मत र सावुन बनाउने तालिम सम्पन्न भएको छ । थलारा गाउँ पालिका उधम बिकास शाखाले आयोजना गरेको १५ दिने हाते ट्याक्टर मर्मत र ७ दिने साबुन बनाउने तालिम आज सम्पन्न भएको हो ।
कृषिमा यान्त्रिकि करण भए संगै गाउँ गाउँमा हाते ट्याक्टर प्रयोगको संख्या बढ्दै गएपछि हाते ट्याक्टर मर्मतको सीप सिकाएर रोजगारी सृजना गर्ने र थलारा गाउँ पालिकामा प्रसस्त पाईने रिठ्ठाको उपयोग गरि साबुन बनाउने सीप सिकाउने उद्देश्यले तालिमको आयोजना गरेको थियोे ।
तालिममा वडा नम्बर ५ र ६ बाट सहभागी भएका थिए । हाते ट्याक्टर मर्मत तालिमका सहभागीलाई प्रशिक्षक सुनिल खड्काले हाते ट्याक्टर मर्मतको प्रशिक्षण दिनु भएको थियोे । तालिम अबधि भर सहभागीले ८ वटा बिग्रेका हाते ट्याक्टर मर्मत गरेका थिए । वडा नम्बर ५ का ५ वडा नम्बर ६ का २ र वडा नम्बर ८ को १ बिग्रेको हाते ट्याक्टर मर्मत गरिएका थलारा गाउँ पालिका उधोग शाखा प्रमुख कबिन्द्र बिष्टले जानकारी दिनु भएको छ
त्यसै गरि ७ दिने साबुन बनाउने तालिम पनि सम्पन्न भएको छ । ७ दिने साबुन बनाउने तालिम वडा नम्बर ५ मा दिईएको थियोे । तालिममा ३ सय वटा साबुन बनाईएको छ । सहभागीलाई प्रशिक्षक उमेश भट्टले साबुन बनाउने तालिम दिएका थिए ।
तालिम समापन कार्यक्रम थलारा गाउँ पालिका वडा नम्बर ५ का अध्यक्ष नर बहादुर खातीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

