एसईई परीक्षाको झल्को दिने गरि कक्षा ८ को वार्षिक परीक्षा गर्न थलारा गाउँ पालिका अध्यक्ष रोकायाको निर्देशन

सेयर गरौं

थलारा गाउँ पालिका अध्यक्ष प्रकाश बहादुर रोकायाले कक्षा ८ को वार्षिक परीक्षा एसईई परीक्षाको झल्को दिने गरि गर्न केन्द्राध्यक्ष लाई निर्देशन गर्नु भएको छ ।
बुधबार परिक्षाका बारेमा पालिकामा गरिएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष रोकायाले थलारा गाउँ पालिकाले पालिका भरिको शैक्षिक स्तर कस्तो छ भनेर मापन गर्न र यसैवाट एसईई परिक्षाका लागि बिध्यार्थी लाई तयार गर्ने गरि मोडेलका रुपमा पृथक गर्न खोजेकाले परीक्षा मर्यादित र एसईईको झनक दिने गरि गर्न निर्देशन दिनु भएको हो ।
साथै अध्यक्ष रोकायाले बिध्यार्थीलाई फेल गर्न नभई शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले पालिकाले नयाँ मोडलमा परीक्षा गर्ने समेत बताउनु भयो ।
त्यस्तै शिक्षा संयोजक हर्कबहादुर रोकायाले शैक्षिक गुणस्तर सुधारका लागि गाउँ पालिकाले नयाँ पहलको सुरुवात गरेको बताउदै पहिलो पर्यासमा सोचे जस्तो सफलता नमिल्न सक्छ पछिल्ला दिनमा यसले राम्रो परिणाम दिनेछ भन्नुभयो ।
परीक्षा समिति संयोजक राईभान ओलीले हामी सबैले शैक्षिक गुणस्तर शैक्षिक गुणस्तर भन्ने शिक्षाको गुणस्तर नहुनुको कारण के हो भन्ने प्रश्न गर्दै बिधार्थीले जे जानेका छन त्यहि लेख्ने गरि परिक्षा हुनुपर्ने धारणा राख्नु भयो ।
थलारा गाउँ पालिकाले चैत २ गतेदेखि पालिका स्तरीय कक्षा ८ को बार्षिक परीक्षा सञ्चालन गर्दै छ । परिक्षाकामा १६ आधारभूत बिधालयका लागि ५ वटा परीक्षा केन्द्र र ३ उपकेन्द्र तोकेर केन्द्राध्यक्ष र सुपरिवेक्षक समेत खटाइएको छ । परीक्षा केन्द्र रहेका बिधालयको प्रअ केन्द्राध्क्ष रहने निर्णय गरेको छ भने उच्च मा बि पढाउने ८ जना शिक्षकलाई सुपरिवेक्षकमा खटाइएको छ । परिक्षामा सहभागी बिधालयका शिक्षक गार्ड नबस्ने निर्णय गरेको छ ।
पालिका स्तरीय कक्षा ८ को परिक्षामा ४ सय २९ जना बिध्यार्थी सहभागी हुने छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
2
+1
0
पदम खड्का
पदम खड्का
Articles: 214