बझाङ उपनिर्वाचन : कांग्रेसले सिफारिस गर्‍यो अभिशेक सिहंसहित १० जनाको नाम

सेयर गरौं

नेपाली कांग्रेसले बझाङ जिल्ला कार्य समितिले प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि १० जनाको नाम सिफारिस गरेको छ।

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि कांग्रेस जिल्ला कार्य समितिले प्रदेश समितिसमक्ष उम्मेदवार सिफारिस गरेको हो।

उक्त निर्वाचन क्षेत्रका प्रतिनिधि तथा नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंह सवारी दुर्घटनामा निधन भएपछि रिक्त रहेको स्थानमा निर्वाचन हुन लागेको हो।

जिल्ला कार्य समितिले स्वर्गीय मन्त्री सिंहका छोरा अभिशेक बहादुर सिहंसहित १० जनाको नाम सिफारिस गरेको हो । सत्यराज भण्डारी, शान्ती कुमारी बोहरा, जगतप्रसाद जोशी, नन्दकृष्ण जोशी, धुर्वराज उपाध्याय, बिष्णु कुमार सिहं, लोकेन्द्र बहादुर रोकाया, नारायण हमाल र अर्जुन स्याडाँलाई सिफारिस गरेको छ ।

निर्वाचन आयोगले चैत २४ गते उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1246