२५ मंसिर २०८१, मंगलवार
थलारा गाउँ पालिकामा ५९ औ अन्तर्राष्ट्रिय जातिय भेदभाव तथा रंगभेद उन्मुलन दिवस मनाईयो
थलारा गाउँपालिकामा अन्तर्राष्ट्रिय जातिय भेदभाव तथा रंगभेद उन्मुलन दिवस मनाईएको छ । राष्ट्रिय दलित नेटवर्क र दलित एकतामञ्च थलाराको आयोजनामा तथा थलारा गाउँ पालिकाको आर्थिक सहयोगमा आत्मसम्मान समानता र सामाजिक न्याय सहितको सम्बृद्विका लागि राजनीतिक हक
जातीय छुवाछूत तथा सबै प्रकारका विभेद अन्त्यका लागि दलित अधिकार दशक भन्ने मुल नारा सहित ५९ औ अन्तर्राष्ट्रिय जातिय भेदभाव तथा रंगभेद उन्मुलन दिवस मनाईएको हो ।
RDN नेपालका केन्द्रीय उपाध्यक्ष स्याम सुनारको अध्यक्षतामा भएको कार्यक्रममा थलारा गाउँ पालिका वडा नम्बर ७ का वडा अध्यक्ष किस्ने सार्की प्रमुख अतिथि रहनु भएको थियोे । कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष प्रकाश भण्डारी,वडा नम्बर ६ का वडा अध्यक्ष अनिल कुमार बिष्ट वडा नम्बर ८ का वडा अध्यक्ष टिकाराज जोशी बिशिस्ट अतिथि र
कार्यपालिका सदस्य बिर्ख मिजार र रम्भा बि क बिशेश अतिथि रहनु भएको थियोे ।
दिवसको अवसरमा र्याली निकालिएको थियो । र्यालीमा जातीय विभेद अन्त गरौ ५९औअन्तराष्ट्रिय
जातिय भेदभाव तथा रंगभेद उन्मुलन दिवस सफल पारौ लगायतका नारा लगाउदै खोली बजार परिक्रमा गरि गाउँ पालिकाको सभा हलमा गएर सभामा परिणत भएको थियो । सभामा शिक्षा संयोजक हर्क बहादुर रोकाया शिक्षक, सञ्जिव नेपाली भरत बि.क. मोहन चनारा प्रेम बि.क. वसन्त नेपाली लगायतले शुभकामना मन्तब्य दिनु भएको थियोे । कार्यक्रमका बक्ताहरुले नेपालको संविधानमा नेपाल छुवाछूत मुक्तराष्ट्र घोषणा गरेपनि ब्यबहारिक रुपमा अझै अन्त हुन बाकी रहेको भन्दै त्यसको अन्त्यका लागि सबै लाग्नु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा दलित बालबालिका पठन पाठनमा सहयोग गर्ने वडा अध्यक्षहरुलाई र दलित समुदायबाट राज्यका विभिन्न क्षेत्रमा पुगेका ब्यक्तिहरुलाई सम्मान गरिएको थियोे । कार्यक्रम दलित एकता मञ्च थलारा सचिव गणेश पार्की र शिक्षक बिष्णु सुनारको सञ्चालनमा भएको थियो ।
अन्तर्राष्ट्रिय जातीय तथा रङ्ग भेदभाव दिवस वास्तवमा सन् १९६० मा साउथ अफ्रिकाको साप्रभिल्लामा रंगेभद कानुनको विरोधमा शान्तिपुर्ण रुपमा प्रदर्शनमा उत्रिएका नागरिकहरु माथि अन्धाधुन्ध गोली चलाई ६९ जना व्यक्तिहरुको हत्या भएको थियो । संयुक्त राष्ट्रसंघले २० अक्टोबर, १९६६ देखि हरेक बर्ष २१ मार्चमा रंगभेद विरुद्धको दिवस मनाउने निर्णय गर्यो । यसै दिवसलाई मध्यनजर गरी नेपालमा पनि जातिय भेदभाव तथा छुवाछुतलाई उन्मुलन गर्ने लक्ष्यलाई टेवा पुरयाउने गरी प्रत्येक वर्ष यो दिवस मनाउदै आईएको छ