१२ माघ २०८१, शनिबार
असिनाले गहुँबाली तथा तरकारी बालीमा क्षति पुर्याएपछि बझाङका किसनहरु चिन्तित
असिना पानीले बझाङमा क्षति पुर्याएको छ । शुक्रबार राती परेको असिना पानीले जिल्लाका अधिकाँश ठाउँमा गहुँबाली तथा तरकारी बालीमा क्षति पुर्याएको हो ।
जिल्लाको थलारा गाउँ पालिका दुर्गाथली गाउँपालिका लगायतका क्षेत्रमा असिना पानीले क्षति पुर्याएको स्थानीयहरुले बताएका छन् । यस्तै जिल्लाको खप्तडछान्ना गाउँपालिका, केदरस्यु गाउँ पालिका बुंगल नगरपालिकाका केहि ठाउँमा समेत असिना पानीने क्षति गरेको बताइएको छ ।
असिना पानीले गहुँबालीका साथै तरकारी बालीमा क्षति पुर्याएको थलारा गाउँ पालिका कार्यपालिका सदस्य बिर्ख बहादुर मिजारले बताउनु भयो । असिना पानीले गहुँ तथा तरकारीबालीमा क्षति पुर्याएपछि किसानहरु चिन्तीत भएका छन् । प्रि मनसुनमा दिउँसोपख मेघगर्जन र चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना रहने भएकाले सर्तक रहन मौसम पुर्वानुमान महाशाखाले आग्रह गरेको छ ।