अछाममा ट्याक्टर दुर्घटना पाँच जनाको मृत्यु तिन जना  घाइते

सेयर गरौं

अछाममा फेरी भयङ्कर दुर्घटना भएको छ। जिल्लाको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छभने तिन जना  घाइते भएका छन् घाइतेहरुको अवस्था गम्भीर रहेको बताईएको छ ।

मेल्लेख गाउँपालिका–७ नन्देगडाको सुयडीमा आज (सोमबार) भएको ट्याक्टर दुर्घटनामा परेर मेल्लेख गाउँपालिका–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउदले बताउनु भयो ।

षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्र्याक्टर सुयडी नजिकै दुर्घटना भएको हो। दुर्घटनामा ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र एक बालक घाइते भएका प्रहरी निरीक्षक साउदले बताउनु भयो ।

मृतक र घाइते सबै वडका बासिन्दा हुन्। घाइते तीनैजनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1246