पर्यटन प्रवर्धनका लागि बझाङको सेती नदीमा  र्‍याफ्टिङ सुरू

सेयर गरौं

बझाङको पर्यटन प्रवर्धनका लागि सेती नदीमा  आजबाट र्‍याफ्टिङ सुरू गरिएकाे छ। सेती नदीको मनमोहक दृश्यावलोकन गर्न र समग्र बझाङको पर्यटन विकासका लागि सुनिकोटदेखि पानकोटसम्म र्‍याफ्टिङ गरिएकाे हाे ।
चैत १२ गते आजबाट सुरू भएकाे र्‍याफ्टिङ चैत २५ गतेसम्म गरिने र्‍याफ्टिङ कार्यक्रमका व्यवस्थापक किशोर खड्काले बताए। चैत १२ गते आजबाट सेती नदीमा सञ्चालन गरिएकाे र्‍याफ्टिङ कार्यक्रमका लागि टिकट बुकिङ खुला गरिएकाे र भाेलीबाट र्‍याफ्टिङलाई निरन्तरता दिने खड्काले बताए।
र्‍याफ्टिङ कार्यक्रमका व्यवस्थापक खड्काका अनुसार सेती नदीको संरक्षण र बझाङमा पर्यटनको विकासका आधार तय गर्न उक्त कार्यक्रमकाे आयाेजना गरिएकाे हाे ।
आज र्‍याफ्टिङकाे पहिलाे दिन नेकपा एमालेका नेता दिपक राेकाया, तलकाेट गाउँपालिका वडानम्बर १ का वडाअध्यक्ष रामचन्द रावल,समिट एअरलाईन्स बझाङ स्टेसन म्यानेज हिक्मत सिंह, विरेन्द्र विष्ट, किशाेर खड्का, सत्यराज सिंह र रमेश कुँवरले र्‍याफ्टिङ गरेका झन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1325