२५ मंसिर २०८१, मंगलवार
थलारा गाउँ पालिका कक्षा ८ को परिक्षामा ६१ जना मात्रै उत्तीर्ण ३ बिधालयको नतिजा शून्य ।
थलारा गाउँ पालिकाले पालिका स्तरीय कक्षा ८ को परिक्षाको नतिजा प्रकाशित गरेको छ ।
शुक्रबार प्रकाशित नतिजा अनुसार ६१ जना बिधार्थी मात्रै उत्तीर्ण भएकाछन । नतिजा अनुसार ३ वटा बिधालय निल भएकाछन । चैत्र २ गतेदेखि सुरु भएको परिक्षामा ४१७ जना बिधार्थी सहभागी भएका थिए । ग्रेस नदिएर लिईएको एकुरेट परिक्षामा ६१ जना मात्रै पास भएको थलारा गाउँ पालिका शिक्षा शाखा प्रमुख हर्क बहादुर रोकायाले बताउनुभयो ।
शिक्षा संयोजक रोकायाका अनुसार थलारा मा.बि बाट ८, भवानी मा.बि बाट ८, चक्रेश्वर मा.बि. ८ जना पास भएकाछन । त्यस्तै पुर्णचन्द्रोदय मा. बि. कुलाकाट्ने बाट ६, दुर्गाभवानी षड्तोलबाट ६, शैलेश्वरी आ.बि. देवस्थली बाट ६, भवानी नि.मा.बि फकाली वाट ६ जना बिधार्थी पास भएकाछन । त्यस्तै भगवती आ बि गोठिगाउवाट ३ जना,त्रिभुवन मा बि महेन्द्रधारवाट ३, शान्ति मा.बि. पाराकाट्नेवाट २, दुग्देश्वर आ बि गुगैवाट २ जना कालिका आबि दिपिलवाट २ जना र शारदा मा बि दंगाजीवाट १ जना मात्र पास भएकाछन । लक्ष्मी मा.बि. मोतीपुर, खापरदेव आ.बि वगाडा र करबिर आ.बि. कफलकाँडा भने निल भएका शिक्षा संयोजक रोकायाले जानकारी दिनुभयो ।
हामीले ग्रेस नदिएर एकुरेट नतिजा निकालेका छौ रोकायाले भन्नुभयो १ सय ४० जना बिधार्थीहरु एक बा दुई बिषय लागेर फेल भएकाछन बैसाख १९ गते पुरक परिक्षाको मिति तोकिएको छ उनिहरु पुरक परीक्षा दिन पाउने छन ।
बिधार्थीले पढाई भन्दा मोबाइलमा ध्यानदिनु, शिक्षकले पनि बिधार्थीलाई केयर नगर्नु अभिभावकले आफ्नो बच्चा के गर्दैछ चासो नलिनु र सम्बन्धित निकायले अनुगमन र निरिक्षण नगर्नु को परिणाम यो नतिजा आएको र यसलाई सुधार्न सवै लाग्नुपर्ने शिक्षा संयोजक रोकायाले बताउनुभयो ।