२५ मंसिर २०८१, मंगलवार
वैशाख १५ गते हुने बझाङ प्रदेशसभा १ को उपनिर्वाचनका लागि आज मनोनयन पत्र दर्ता गर्दै
आगामी वैशाख १५ गते हुने बझाङ प्रदेशसभा १ को उपनिर्वाचनका लागि उम्मेदवारहरूले आज मनोनयन पत्र दर्ता गर्दैछन् । निर्वाचन आयोगका अनुसार बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिने छ ।
आयोगले आजै साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गर्नेछ । यस्तै, आयोगले उम्मेदवारको विरोधमा उजुरी दिनका लागि भोलि बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरेको छ । यसैगरी भोलि साँझ ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्नेछ ।
निर्वाचन कार्यक्रम अनुसार चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ ।
आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । बझाङ प्रदेश १ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट अभिषेक सिंह, एमालेबाट दमन भण्डारी, माओवादी केन्द्रबाटजनक बुढा, एकीकृत समाजवादीबाट दिल बहादुर सिंह,राष्टिय प्रजातन्त्र पार्टीबाट किशोर खड्का, जसपाबाट राम बहादुर जाग्री उम्मेदवारी दिँदैछन् ।
निर्वाचन आयोगले उपनिर्वाचनका लागि बझाङ प्रदेश १ मा ७४ मतदानस्थल र ९३ मतदान केन्द्र तोकेको छ । प्रदेश सभा सदस्य पृथ्वी बहादुर सिंहको गाढी दुर्घटनामा निधनभएपछी रिक्त रहेको प्रदेश सभासदस्य पदमा उपनिर्वाचन हुन लागेको हो ।