आगामी वैशाख १५ गते हुने बझाङ प्रदेशसभा १ को उपनिर्वाचनका लागि १२ पार्टीले गरे मनोनयन पत्र दर्ता

सेयर गरौं

आगामी वैशाख १५ गते हुने बझाङ प्रदेशसभा १ को उपनिर्वाचनका लागि १२ पार्टीले मनोनयन पत्र दर्ता गराएका छन् । मनोनयन दर्ता गराउनेमा राष्ट्रिय मात्रीभुमी पार्टीका गजेन्द्र थापा,नेपाल मजदुर किसान पार्टीका खगेन्द्र बहादुर शाही, नेशनल रिपब्लिक नेपाल नेपालका कमल घर्ती मगर,
नेकपा एकृकित समाजबादीका दिल बहादुर सिंह,
जसपा नेपालका राम बहादुर जाग्री,नेपाली काङ्ग्रेसबाट अभिषेक सिंह, राष्ट्रिय प्रजातान्त्र पार्टीका किशोर कुमार खड्का,नेकपा एमालेबाट दमन भण्डारी, नेकपा माओवादी केन्द्रबाट जनक बहादुर बुढा, जनमत पार्टीबाट सुशीला विष्ट क्षेत्री नेपाली,जनता दलबाट अशोक सुनार, संघीय राष्ट्रिय मञ्चबाट दीपक बहादुर खड्काले मुख्य निर्वाचनको कार्यालयमा मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिनु भयो ।

निर्वाचन आयोगका अनुसार बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन समय दिईएको थियोे । आयोगले साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गरेको छ । उम्मेदवारको विरोधमा उजुरी दिनका लागि भोलि बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरेको छ । यसैगरी भोलि साँझ ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्नेछ ।
निर्वाचन कार्यक्रम अनुसार चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ ।
आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।
निर्वाचन आयोगले उपनिर्वाचनका लागि बझाङ प्रदेश १ मा ७४ मतदानस्थल र ९३ मतदान केन्द्र तोकेको छ । प्रदेश सभा सदस्य पृथ्वी बहादुर सिंहको गाढी दुर्घटनामा निधनभएपछी रिक्त रहेको प्रदेश सभासदस्य पदमा उपनिर्वाचन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1346