बझाङमा एमालेका भण्डारीले ७५७ मत ल्याउँदा सिंहले ३८० मत पाए

सेयर गरौं

नेकपा एमालेका दमन भण्डारीले अग्रता कायमै राखेका छन्। छविसपाथिभेरा गाउँपालिका वडानम्बर १ र २ को अहिलेसम्म मतगणनाको परिणामअनुसार भण्डारीले ७५७ मत प्राप्त गरी अग्रस्थान कायम राखेका हुन्।

नेपाली कांग्रेसका अविशेक सिंहले ३८० मत प्राप्त गरी एमालेका भण्डारीलाई पछ्याइरहेका छन् । नेकपा माओवादी केन्द्रका जनक बुढा २२६ मत प्राप्त गरी तेस्रो स्थानमा छन्। यसैगरी समाजवादीका दिलबहादुर सिंहले ११५ मत प्राप्त गरेका छन्।

बझाङ प्रदेशसभा- १ मा शनिबार सम्पन्न उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 260