बझाङमा एमालेलाई पछि पार्दै कांग्रेसको अग्रता

सेयर गरौं

बझाङ-१ (क) मा भएको प्रदेशसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ। पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवारले पहिलो पटक अग्रता लिएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ७ हजार ४ सय ८८ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ७ हजार २ सय ३९ मत ल्याएका छन्।

त्यसै गरी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले २ हजार ८ सय ९४ मत प्राप्त गरेका छन्। यस्तै नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले २ हजार १ सय ०२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1338