१३ माघ २०८१, आईतवार
बझाङमा एमालेका दमनबहादुर भण्डारी ९ मतले अगाडि
बझाङमा मतगणना जारी छ। अहिलेसम्मको नतिजामा एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा भइरहेको छ। कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई पछि पार्दै एमाले उम्मेदवार दमन भण्डारी अगाडी बढेका छन्।
भण्डारीले ९ हजार ८८९ मत पाउँदा सिंहको ९ हजार ८८० मत पाएका छन्। अब तलकोटका ४ वडा र साइपाल गाउँपालिकाको मतगणना गर्न बाँकी छ।
यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन्।
बझाङमा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि उपनिर्वाचन गरिएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1