थलारा गाउँ पालिका वडा नम्बर ६ का वडा सदस्य कमलादेवी सार्कीको निधन भोलि पालिकाभर शोकबिदा

सेयर गरौं

थलारा गाउँ पालिका वडा नम्बर ६ का वडा सदस्य कमलादेवी सार्कीको निधन भएको छ । ३८ वर्षीया सार्कीको उपचारको क्रममा ब्याङलोरमा आईतवार    उनको अल्पायुमै निधन भएको हो ।
पाठेघरको समस्याले ग्रस्त सार्की उपचारको लागि ब्याङलोर जानू भएको थियोे । उपचारकै क्रममा आईतवार बिहान उनको अस्पतालमा निधन भएको उनको पारिवारिक श्रोतले जनाएको छ ।
२०७९ सालको स्थानीय निर्वाचनमा उनी एकीकृत समाजवादी पार्टीबाट वडा सदस्यमा निर्वाचित हुनु भएको थियोे ।
उनको निधनमा थलारा गाउँ पालिकाले भोलि २४ गते बैसाख गाउँ पालिका र पालिका मातहतका कार्यालयमा शोक बिदा दिने निर्णय गरेको छ।
मृतक सदस्य सार्कीका श्रीमान ५ छोरा छन ।

IMG 20240505 133748 3
Oplus_131072
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
पदम खड्का
पदम खड्का
Articles: 151