१३ माघ २०८१, आईतवार
१२ बुदे पेशागत माग सहित नेपाल शिक्षक महासंघ थलाराले पालिकामा बुझायो ज्ञापनपत्र ।
नेपाल शिक्षक महासंघ थलारा गाउँ पालिकाले आज थलारा गाउँ पालिकामा ज्ञापनपत्र बुझाएको छ । गाउँ पालिका भित्रका बिधालय तथा शिक्षक तथा बिधालय कर्मचारीका पेशागत सघ संगठन हरुका १२ बुदे पेशागत माग सहित ज्ञापनपत्र बझाएको हो
शिक्षक महासंघ थलारा अध्यक्ष प्रेम बिष्ट नेतृत्वको टोलीले आईतवार थलारा गाउँ पालिका उपाध्यक्ष राम बहादुर खाती समक्ष ज्ञापनपत्र बुझाएको हो ।
महासंघको ज्ञापनपत्रमा अनिवार्य तथा निशुल्क शिक्षा ऐन बमोजिम कलिला बालबालिकालाई आधाघण्टा भन्दा बढी नहिड्नु पर्ने तथा धेरै हिड्नु परि बिधालय शिक्षा पाउनबाट बञ्चित हुने अबस्था नआउने गरि बिधालय समायोजन तथा कक्षा थपघटको ब्यबस्था मिलाउनु पर्ने । शिक्षक दरबन्दी मिलानको थालनी गर्दा थलारा क्षेत्रको शैक्षिक क्षेत्रको गुणस्तर बृद्वि गर्न कम्तीमा पनि प्रत्येक सामुदायिक बिधालयमा बालकक्षाको लागि संघिय कोटाबाट अपुग भएका बिधालयमा स्थानीय सरकारले दिएका कोटा यथाबत राखिनुपर्ने । आधारभूत तहमा १ कक्षामा १ शिक्षकको अनिवार्य ब्यबस्था गरिनुपर्ने । कक्षा ६ देखि १० सम्म बिषयगत शिक्षकको अनिवार्य व्यवस्थापन गरिनुपर्ने । दरबन्दी मिलान गर्दा माथिल्लो योग्यता भएका संघिय अनुदानका शिक्षक र पिसिएफ शिक्षकहरुलाई समेत समेटि बिषयगत दरबन्दी मिलालानको ब्यवस्था गरिनुपर्ने ।थलारा क्षेत्र भित्रका सामुदायिक बिधालयमा लामो समयदेखि न्यून बेतनमा काम गरि रहेका बिधालय सहयोगी कर्मचारी लाई हाल आएर दिवाखाजा पकाउन थप कार्यबोझ परेकाले उक्त क्षेत्रमा काम गर्ने कार्यरत कर्मचारीलाई प्रोत्साहनको रुपमा आर्थिक सहायताका लाग उचित पहलगरि प्रोत्साहन भत्ताको ब्यबस्था गरिनुपर्ने लगायतका माग हरु समेटिएका छन ।
शैक्षिक सुधारका लागि भन्दै थलारा गाउँ पालिकाले हालै बिधालयका कक्षा तह घटाउने, दरबन्दी मिलान गर्ने र बिधालय समायोजन गर्ने निर्णय गरेको छ ।