बझाङमा आगलागीमा परेर एक महिला घाइते

सेयर गरौं

बझाङमा आगलागीमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बित्थडचिर गाउँपालिका – ६ की ४६ वर्षिया बेलमती देवी धामी जलेर घाइते भएकी हुन् ।

बित्थडचिर गाउँपालिका वडा नम्बर ६ कचडास्थित करौल सामुदायिक वनमा लागेको डढेलो धामीको घर नजिकैको खरमा सल्किएको थियो । जलीरहेको आगो नियन्त्रणमा लिने क्रममा उनको दुबै हात र खुट्टा जलेर घाईते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रहरीका अनुसार अहिले घाइते धामीको प्राथमिक स्वास्थ्य केन्द्र देउलेखमा उपचार भइरहेको छ । अवस्था मध्यम रहेको छ । स्थानिय र प्रहरीको सहयोगमा आगलागि भने नियन्त्रणमा आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 151