पञ्चवर्षिय युवा रोजगारी सिर्जना रणनिति पालिकालाई हस्तान्तरण

सेयर गरौं


टेकेन्द्र बोहरा । बझाङको थलारा गाँउपालिकालाई पञ्चवर्षिय युवा रोजगारी सिर्जना रणनिति पालिकालाई हस्तान्तरण गरीएको छ । थलारा गाँउपालिकाको सभाहलमा एक कार्यक्रमका विच प्रगतिशिल युवा समाजका अध्यक्ष रमेश केशीले पालिका अध्यक्ष प्रकास रोकालाई हस्तान्तरण गरेका हुन ।
यो पालिकामा अधिकास युवाहरु रोजगारीको शिलशिलामा भरत लगाएत अन्य मुलुकमा जाने भएका कारण कोभिडको समयमा धेरै युवाहरुको रोजगारी खोसियो कतीपय छोडेर गाँउमै फर्के ति रोजगारी गुमेका गाँउ फर्केका युवाहरुलाई आप्नै माटोमा कसरी आयआर्जन सँङ्ग जोड्न सकिन्छ भन्ने उदेश्यले यो परियोजना सुरुवात गरेको र अहिले पनी विदेशमा श्रम गरे अनुसारको तलव नपाएको र कतिपय युवाहरु वाकसमा घर फर्किनुपरेको घटनाहरु सञ्चार माध्यमवाट वाहिर आउछन ति युवा जमातलाई केही रुपमा भएपनी आप्नो माटोमा श्रम गर्न सिकाउने, आज गाँउमै वसेर आप्नो माटोमा श्रम गरीरहेकाहरुको कथा समेटिएको युवा रोजगारी सिर्जनाका प्रयासहरु विमोचन भएको देख्दा र पालिकालाई पञ्चवर्षिय युवा रोजगारी सिर्जना रणनिति हस्तान्तरण भएको देख्दा खुसी लागेको युएमएन थापाथली काठमान्डौका कलस्टर टिम लिडर विशाल श्रेष्टले बताउनुभयो ।
कार्यक्रमा वोल्दै गाँउपालिका अध्यक्ष प्रकास रोकायाले भने युएमएन र प्रगतिशिल युवा समाजले गर्ने कार्र्य शैली एकदम राम्रो भएको र गाँउमै वसेर केही न केही गरौ भन्ने सोच भएकाहरुलाई गाँउमै स्वरोजगार वनाउनमो भुमिका खेलकोेमा सस्थाई धन्यवाद दिए ।
फरक प्रसङ्मा वोल्दै रोकायाले भने हामी जननिर्वाचित भएर आईसकेपछी पालिका का योजनाहरुमा कडाईका साथ लिदा उपभोक्ताहरु रिसाउने कडाईका साथ नलिउ भने हाम्रो पालको बजेट त्यसै खेर जाला भन्ने डर हुने अधिकास स्थानियहरुले पालिकावाटको वजेट गाँउठाँउको विकास निर्माणको लागी नभई दसै खर्च चलाउन योजना माग्न आउने गरेको अनुभव सुनाए ।
समापन कार्यक्रममा वौल्दै अध्यक्ष केशीले भने तपाईहरु जनतावाट निर्वाचित भएर आप्नो पालिका विकास निर्माणका लागी आ– आप्नो ठाँउवाट अहोरात्र खटीरहनुभएको छ र यस पालिकामा हाम्रो सस्थावाट लागुभएका कार्यक्रमहरुलाई आप्नै ठानी विगतका दिनहरुमा पनी सहयोग दिनुभएको छ, आगामी हिनहरुमा पनी सस्थावाट लागु भएका कार्यक्रमहरुको अवलोकन गरी कमि कमजोरी भए सुझाव सल्लाह दिनहोला, हामी त्यो सुझाव सल्लाहलाई मनन गरी कार्यक्रम अझै कसरी दिगो र प्रभावकारी बनाउन सकिन्छ भन्ने वारेमा पहल गर्ने र गाँउमा खालि वसेका तर केही उध्यमशिलता गर्न चाहाने जोस जागर भएका जनससक्तीहरुलाई उत्पादन सँङ्ग जोड दिन पञ्चवर्षिय युवा रोजगारी सिर्जना रणनिति हस्तान्तरण गरीएको र युवा रोजगारीलाई थप प्रोसाहान दिन पालिका भित्र उध्मशिलता गरिरहेका लाई थप सहयोग गर्न युवा रोजगारी शिर्जनाका प्रयासहरु पुस्तक विमोचन गरिएको बताए ।
कार्यक्रम लागु भएपछी पालिकामा गरीएका कामहरु,, परियोजनाद्धारा युवा रोजगारीमा गरेका उपलव्धीहरु, गाँउपालिका सँङ्गको वजेट सहकार्य र कार्यक्रमहरु कार्यक्रम सञ्चालन गर्दा देखिएका सिकाई र चुनौतिहरु र कार्यक्रममा उठेका प्रस्नहरुको जवाफ युएमएन बझाङ परियोजना व्यावस्थापक इन्दिरा राईले दिनुभएको थियो ।

Messenger creation 0c904378 3d42 4e9c 9c0f 196984275fe7

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 241