चटयाङ पर्दा बझाङमा ४ जना घाइते ।

सेयर गरौं

बझाङमा चटयाङ पर्दा ४ जना घाइते भएका छन् । जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा नमबर ७ गोर्खालीमा चटयाङ पर्दा ४ जना घाइते भएका हुन् । मंगलबार साँझ ७ः१५ बजे आइते रावतको घरमा चट्याङ पर्दा नजिकै रहेका चार जना घाइते भएका हुन् । स्थानीयका अनुसार बेलुदेवी खड्का, लुरी खुड्का र दुदा रावत अचेत अवस्थामा छन् भने एकिन्द खड्का सामान्य घाइते भएका छन् ।
घाइतेलाई गडराय स्वास्थ्य चौकी लिँदै गरेको स्थानीयले बताएका छन् । यता खप्तडछान्ना गाउँपालिका अस्थायी प्रहरी पोष्ट पाटा देवलबाट प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको प्रहरी नायव उपरीक्षक भरत शाहले जानकारी दिए । घटनाबारे थप विवरण आउन बाँकि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1230