२५ मंसिर २०८१, मंगलवार
थलारा गाउँ पालिका ३ मा घरेलु प्याड निर्माण तथा महिनावारी व्यवस्थापन सम्बन्धि तालिम सञ्चालन
थलारा गाउँ पालिका वडा नम्बर ३ मा घरेलु प्याड निर्माण तथा महिनावारी व्यवस्थापन सम्बन्धि तालिम सञ्चालन गरिएको छ ।
आर्थिक बर्ष २०८०/०८१ मा वडा नम्बर ३ को चेली कार्यक्रम अन्तरगत विनियोजित बजेटवाट घरेलु प्याड निर्माण तथा महिनावारी व्यवस्थापन सम्बन्धि १० दिने तालिमको वडा अध्यक्ष प्रकाश भण्डारीले मंगलबार उद्घाटन गर्नु भएको हो ।
ग्रामिण भेगमा प्याड प्रयोग गर्ने किशोरी हरुलाई घरमै प्याड बनाउने सीप सिकाउन र बाहिरबाट खरिद गरिने प्याडमा कमि ल्याउने उद्देश्यले तालिमको आयोजना गरिएको वडा अध्यक्ष प्रकाश भण्डारीले बताउनु भएको छ ।
तालिममा वडा भित्रका १० जना महिलाको सहभागीता रहेको छ ।
सहभागीलाई प्रशिक्षक रमेश नेपालीले प्रशिक्षण दिई रहनु भएको छ ।
तालिममा धोएर छ महिना सम्म प्रयोगमा ल्याउन सकिने प्याड बजाउन सिकाईनुका साथै महिनावारी भनेको के हो र त्यस प्रति समाजको धारणा के छ भन्ने बारेमा पनि जानकारी गराइनेछ प्रशिक्षक नेपालीको भनाइ रहेको छ ।