ब्यवसाय लाई दिगो र आधुनिकीकरण गर्न थलारा गाउँ पालिकामा आधुनिक मौरी घार बितरण

सेयर गरौं

थलारा गाउँ पालिकामा प्रगतिशील युवा समाज सृजना परियोजनाले मौरी पालन ब्यबसायिहरु लाई आधुनिक मौरी घार बितरण गरेको छ ।
ब्यवसाय लाई दिगो र आधुनिकीकरण गर्ने उद्देश्यले ब्यबसायिक सिपबिकास तालिम बाट सीप सिकेर स्थानीय स्तरमा निर्माण गरिएका ७० वटा आधुनिक घारहरु वितरण गरिएका हुन ।

परियोजनाका थलारा गाउँ पालिका कार्यक्रम अधिकृत बल बहादुर ओडले आइतबार ब्यबसायिलाई आधुनिक घार बितरण गर्नु भएको हो । परियोजना र गाउँ पालिकाको ६० प्रतिशत अनुदान र ब्यबसायिको ४० प्रतिशत लगानीमा उक्त घारहरु वितरण गरिएको कार्यक्रम अधिकृत बल बहादुर ओडले बताउनुभयो ।

IMG20240519155056

उनका अनुसार वडा नम्बर ४ गडिगाउँ लाई गाउँ पालिकाले मह उत्पादन पकेट क्षेत्र बनाउने रणनीति अनुसार बढि जसो घार हरुलाई गढिगाउँमा बितरण गरिए पनि वडा नम्बर १,३,लगायत अन्य वडाका ब्यबसायि हरुलाई पनि घारहरु दिईएकाछन ।
परियोजनाले ब्यबसायिक सिपबिकास तालिम दिएका फर्निचर ब्यबसायि नरेन्द्र देव गिरिको भिमसेन फर्निचर उधोगले उक्त आधुनिक घारहरु निर्माण गरेको हो । स्थानीय ठाउँमा पाईने काठबाट निर्मित आधुनिक घारको मुल्य ६ हजार रहेको भिमसेन भैरब फर्निचर उधोगका प्रोप्राईटर नरेन्द्र देव गिरिले बताउनुभयो ।

पहिले थलारामा आधुनिक घार बनाउन सकिएको थिएन, सृजना परियोजनाले ब्यबसायिक सिपबिकास तालिम दिएपछि थलारामै आधुनिक माहुरी घार बजाउन सफल भएको र अर्डर अनुसार जुनसुकै बेलापनि उपलब्ध गराउन सकिने उनको भनाइ छ ।

IMG20240519161346
oplus_0

पहिले मुडे घारमा माहुरी पालन गर्दै आएका थियौ, परम्परागत घारवाट माहुरी पालन गर्दा समस्या हुने गरेको थियो अब आधुनिक घारवाट माहुरी पालन गर्दा सजिलो र वढि मह उत्पादन गर्न सकिने थलारा गाउँ पालिका वडा नम्बर ४ का माहुरी पालन ब्यबसायि जय बहादुर बोहराले बताउनु भयो ।
अहिले ४० घार माहुरी रहेको र बार्षिक २ लाख बराबरको मह बिक्री गर्ने गरेको थिए आधुनिक घार पाए पछि मह उत्पादनमा बृद्वि हुने माहुरी पालन ब्यबसायि बोहराले बताउनु भयो ।
आधुनिक माहुरी घार बितरण कार्यक्रममा प्रगतिशील युवासमाज सृजना परियोजना थलारा कार्यक्रम अधिकृत बल बहादुर ओड फिल्ड सहजकर्ता तारा प्रसाद ओझा लगायतको उपस्थिति रहेको थियोे ।

परम्परागत मुढे घार गरुँगो हुदा यताउति लैजान कठिन हुन्छ । आधुनिक घार हल्का हुने भएकाले माहुरी चराउन सजिलो हुन्छ परियोजना कार्यक्रम अधिकृत ओडले भन्नुभयो आधुनिक घारमा माहुरीले वारम्वार चाका बनाउनु पर्दैन । चाका वनाउन लाग्ने समय माहुरीले मह जम्मा गर्नमा लगाउने हुदा मह बढी उत्पादन हुन्छ । माहुरीले परागसेचनमा पनि मद्दत गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 206