२८ आश्विन २०८१, सोमबार
कैलाश सिरोहिया पक्राउ परेपछि कान्तिपुर पब्लिकेसन्सका कर्मचारीले गरे गृहमन्त्री रवि लामिछानेविरुद्ध नाराबाजी
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले थापाथलीस्थित कार्यालयबाटै पक्राउ गरेको छ।
जिल्ला अदालत धनुषाले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालको टोलीले सिरोहियालाई नियन्त्रणमा लिएको हो।
सिरोहियालाई पक्राउ गर्न अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईको नेतृत्वमा टोली सादा पोशाकमा थापाथली पुगेको थियो।
कान्तिपुर ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि कान्तिपुर पब्लिकेसन्सका कर्मचारीले गृहमन्त्री रवि लामिछानेविरुद्ध नाराबाजी गरेका छन् ।
सिरोहियालाई नियन्त्रण गरी उनकै गाडीमा लगिएको छ । उनलाई एसएसपी सानुराम भट्टराईको नेतृत्वको टोलीले नियन्त्रणमा लिएको हो । दोहोराे नागरिकताको विषयलाई लिएर उनलाई पक्राउ गरेको हो ।
सिरोहिया पक्राउप्रति पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले निन्दा गरेका छन् । उनले यो गलत भएको टिप्पणी गरेका छन् । त्यस्तै, वरिष्ठ पत्रकार युवराज घिमिरेले पनि सकारको यस्तो हर्कतको विरोध गरेका छन् ।