बझाङमा एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाईन

सेयर गरौं

बझाङमा आज एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी छिन । 
जिल्लाको छविसपाथिभेरा गाउँपालिका वडा नम्बर ५ कुम्डाकी २१ बर्षीया शसिकला जाग्रीले आज बिहान १० बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी हुन ।
उनका श्रीमान श्रीमती बीच बिबाद हुदा आफ्नो शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागी बाट घाईते जाग्रीलाई आज दिउँसो १ बजे उनका आफन्तले जिल्ला अस्पताल पुर्याएका थिए । उनको अवस्था गम्भिर रहेकाले उनलाई आई स्यूँमा राखेर उपचार गर्नु पर्ने भएकाले थप उपचारका लागि दुई जना स्वास्थ्यकर्मी सहित डडेलधुरा रेपर गरिएको जिल्ला अस्पताल बझाङले जनाएको छ । छविसपाथिभेरा वडा नम्बर ७ बुडखोरी माईती घर भएकी २१ बर्षीया शसिकला जाग्रीको वडा नम्बर ५ का २१ बर्षीया कुम्भ जाग्री संग बिहे भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1245