केन्द्रीय सदस्यको कार्यक्षेत्र बिभाजन गर्दै नेकपा माओवादी केन्द्र बझाङको कार्यकर्ता प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

सेयर गरौं

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति बझाङको कार्यकर्ता प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम मंगलबार केदारस्युँ गाउँ पालिकाको झोतामा सम्पन्न भएको छ ।
संगठन सुदृढीकरण तथा जनसम्बनध बिस्तार अभियानको दोस्रो चरण अन्तरगत कार्यकर्ता प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

पार्टीका केन्द्रीय सदस्य शंकर बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा उपमहासचिव तथा पार्टीका सुदुरपश्चिम ईन्चार्ज गिरिराजमणि प्रोख्रेलको प्रमुख अतिथि रहेको कार्यक्रममा सहईन्चार्ज बिना मगर विशिष्ट अतिथि र  सुदुरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरी अतिथि रहनु भएको थियो ।

IMG20240522173521

कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य देवकी मल्लले गर्नु भएको थियोे भने स्वागत मन्तब्य केन्द्रीय सदस्य मीन बहादुर कुवरले राखनु भएको थियो । कार्यक्रममा पार्टी सुदृढीकरण र पार्टी सदस्यता नबिकरण गर्ने बारे छलफल गरिएको थियोे । कार्यक्रममा नेकपा एमाले परित्याग गरि थलारा गाउँ पालिका वडा नम्बर ३ का जय बहादुर ओली, जुना ओली र नेपाली काँग्रेस परित्याग गरि दिपेन्द्र भण्डारीले नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नु भएको थियो । नव प्रबेशीलाई प्रमुख अतिथिले टीका लगाई स्वागत गर्नु भएको थियोे ।

IMG20240522173621

पार्टी ले बझाङका केन्द्रीय सदस्यको कार्यक्षेत्र बिभाजन गरेको छ । जस अनुसार तलककोट र साईपाल गाउँ पालिकामा देवकी मल्ल, मष्टा गाउँ पालिका धर्मराज बिक,सुर्मा गाउँ पालिका र जयपृथ्बी नगर पालिकामा मीन ब कुवर,
छबिस पाथीभरा र दुर्गा थली गाउँ पालिकामा देवराज रेग्मी,खप्तड छान्ना र थलारा गाउँ पालिकामा लक्षमण खड्का, केदारस्यु गाउँ पालिका र बुंगल नगर पालिकामा शंकर खड्का र
चिर बत्थड गाउँ पालिकामा शान्ति नेपाली लाई जिम्मा दिएको छ ।

IMG20240522174248
oplus_0

कार्यक्रममा थलारा गाउँ पालिका वडा नम्बर ३ र केदारस्युँ गाउँ पालिका ९ झोता बजार जोड्ने सेती नदि मोटररेवल पुलको डिपिआर तयार गर्न पहलगरिदिन प्रमुख अतिथि समक्ष ज्ञापनपत्र बुझाईएको नेकपा माओवादी केन्द्र थलारा सचिव तथा थलारा गाउँ पालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 206