बझाङबाट एक जना गर्भवती महिलाको हेलिकोप्टर मार्फत उद्धार !

सेयर गरौं

बझाङबाट एक जना गर्भवती महिलाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । साईपाल गाउँपालिका वडा नम्बर ४ कि २६ वर्षीया सुपारी कुमारी बोहरालाई आज हेलिकोप्टर मार्फत उद्धार गरिएको साइपाल गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले बताउनुभयो ।

उच्च रक्तस्राव भएपछि उपचारको लागी धुलि स्वास्थ्य चौकीमा आएकी महिलाको पेटमा ३४ हप्ताको बच्चा रहेको स्वास्थ्य कर्मीहरूले बताएका छन् । उहाँको सुत्केरी हुनु अगावै अत्यधिक रक्तस्राव हुदा जिल्लामा उपचार सम्भव नभएपछि हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।

जिल्ला अस्पताल बझाङमा बुझदा यस्ता समस्याले जिल्लामा ३÷४ जना महिलाको ज्यान गएकाले सिधै सुर्खेत पठाउन भनेपछि प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेल र साइपाल गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङको पहलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मातहतको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1245