काफलको रुखबाट खसेर बझाङमा एक महिलाको मृत्यु ।

सेयर गरौं

बझाङमा काफलको रुखबाट खसेर एक महिलाको ज्यान गएको छ । जिल्लाको बुङगल नगरपालिका वडा नम्बर १० डौडकी अन्दाजी ४५ वर्षिया प्रमा बागको आज विहिबार काफलको रुखबाट खसेर एक ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

बत्थडचिर गाउँपालिका – ७ स्थित ठुलीखाली भन्ने जंगलमा काफल टिप्न गएकि प्रमाको आज बिहिवार दिउँसो १२ बजे काफलको रुखबाट खसेर घटनास्थलमै ज्यान गएको हो ।

अहिले घटनास्थलमा प्रहरी टोली खटिएको र यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक ब्यापक चन्द्र शाहले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
3
संवाददाता
संवाददाता
Articles: 1245