थलारा गाउँ पालिकामा  गाउँ कार्यपालिका सदस्यहरु र बिषयगत शाखाका प्रमुखहरुको क्षमता बिकास सम्बन्धि ३ दिने कार्यशाला सुरु

सेयर गरौं

थलारा गाउँ पालिकामा  गाउँ कार्यपालिका सदस्यहरु र बिषयगत शाखाका प्रमुखहरुको क्षमता बिकास सम्बन्धि ३ दिने कार्यशाला सुरु भएको छ ।
थलारा गाउँ पालिकाको आयोजनामा गाउँ कार्यपालिका सदस्यहरु र बिषयगत शाखाका प्रमुखहरुको क्षमता बिकास सम्बन्धि ३ दिने कार्यशाला शुक्रबारदेखि सुरु भएको हो ।
थलारा गाउँ पालिका अध्यक्ष प्रकाश रोकायको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राम बहादुर खाती बिशिस्ट अतिथि रहनु भएको थियो ।
स्थानीय तहका अधिकार के के हुन र संघियताको मर्म अनुरुप स्थानीय तहका गतिविधि भैई रहेकाछन कि छैनन र संघियता अनुरुप स्थानीय तहका गतिविधि अघि बढाउन के कस्तो रणनीतिक अपनाउने भन्ने उद्देश्यले ३ दिने कार्यशालाको आयोजना गरिएको थलारा गाउँ पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जोशीले बताउनुभयो ।
कार्यक्रममा थलारा गाउँ पालिकाका वडा अध्यक्ष कार्यपालिका सदस्य र बिषयगत शाखा प्रमुखको उपस्थित रहेको छ । पत्रकार रामहरि ओझाले सहभागीलाई अभिमुखिकरण गरि रहनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 163