पुर्व ब्यबस्थापन समिति अध्यक्ष भण्डारीले गरे शान्ति मा.बि. पाराकाट्नेमा कलसीदेवी भण्डारी स्मृति अक्षयकोषको घोषणा

सेयर गरौं

शान्ति माबि पाराकाट्नेमा अक्षयकोष घोषणा गरिए छ ।
बिधालयका पुर्व ब्यबस्थापन समिति अध्यक्ष सेवा निबृत शिक्षक रमेश बहादुर भण्डारीले स्वर्गीय धर्मपत्नी कलसि देवी भण्डारीको स्मृतिमा अक्षयकोष घोषणा गर्नु भएको हो ।
शुक्रबार बिधालयको बार्सिक प्रतिबेदन कार्यक्रममा भण्डारीले रु १ लाख ११ हजार बिधालयको मुद्दति खातामा जम्मा हुनेगरी स्वर्गीय कलसि देवी भण्डारी स्मृति अक्षयकोष घोषणा गर्नु भएको हो ।
उक्त रकमको ब्याजबाट जेहन्दार,गरिव,बिपन्न छात्र छात्रालाई पठनपाठनमा सहयोग गर्ने घोषणा समेत गरेको थलारा गाउँ पालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनु भयो ।
बिधालय ब्यबस्थापन समिति अध्यक्ष राम बहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रममा थलारा गाउँ पालिका उपाध्यक्ष राम बहादुर खातीप्रमुख अथिती रहनु भएको थियोे । कार्यक्रममा जेहन्दार छात्र छात्रा लाई पुरस्कार बितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 163