बझाङमा एक जना पुरुष आफ्नै कोठामा मृत भेटिए ।

सेयर गरौं

बझाङमा एक जना पुरुष आफ्नै कोठामा मृत फेला परेका छन् । बित्थडचीर गाउँपालिका वडा नम्बर ४ देउलेखमा व्यापार गर्दै आएका ४५ वर्षीय राम ब. बोहरा आफ्नै कोठमा मृत फेला परेका हुन् ।

उनी गयराती घरपरिवार सँगै खाना खाएर आफ्नै घरको छुट्टै कोठामा सुतेको र बिहान बिहान अबेरसम्म नउठेपछि खोजी गर्दा कोठमै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । उनको घर मल्ला भतडा भए पनि उनी देउलेख बजारमा लामो समयदेखि व्यापार गर्दै आएका थिए ।  

आज बिहान उनी मृत अवस्थामा भेटिएको भन्दै उनका आफन्तले प्रहरी बेस देउलेखमा खबर गरेको र लगत्तै घटनास्थलमा प्रहरी हवल्दार बासुदेव साउँद को कमाण्डमा ३ जनाको टोली खटिएको थियो । थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बझाङबाट पनि प्रहरी निरिक्षक ब्यापकचन्द्र शाहको कमाण्डको टोली पनि खटिएको बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1245