नीति एकातिर र बजेट अर्कोतिर जाने प्रबृत्तिको अन्त्य गरिनु पर्ने थलारा गाउँ पालिका अध्यक्ष प्रकाश बहादुर रोकायाको भनाइ ।

सेयर गरौं

थलारा गाउँ पालिका अध्यक्ष प्रकाश बहादुर रोकायाले पालिकाको नीति एक तिर र बजेट अर्कोतिर जाने प्रबृत्तिको अन्त्य गरिनु पर्ने बताउनु भएको छ ।
आईतवार गाउँ कार्यपालिका सदस्यहरु र बिषयगत शाखाका प्रमुखहरुको क्षमता बिकास सम्बन्धि ३ दिने कार्यशालाको समापनमा बोल्दै अध्यक्ष रोकायाले पालिकाको नीति एक तिर र बजेट अर्कोतिर जाने प्रबृत्तिले बजेट प्रभावहिन र कार्यान्वयनमा समस्या देखिने गरेकाले अब यसको अन्तय हुनु पर्छ भन्नू भयो ।
साथै अध्यक्ष रोकायाले ढिलो भए पनि क्षमता बिकास तालिम भएको छ ।तालिमबाट धेरै कुरा सिकियो। तर सिकेको कुरा लागू गर्न सक्छौ कि सक्दैनौं चुनौती छ भन्दै यस बर्षदेखि ब्यक्तिबादी योजना नबनाउन र बिगतको परम्परा तोड्नु  अनुरोध समेत गर्नुभयो।

IMG20240525113850


उपाध्यक्ष राम बहादुर खाती तालिमले जनप्रतिनिधि र बिषयगत शाखाका प्रमुख हरुको क्षमता बिकासमा महत्त्वपूर्ण ज्ञान हासिल भएको छ यसलाई ब्यवहारमा लागू गर्न अनुरोध गर्नु भयो ।
वडा नम्बर ८ का अध्यक्ष टिकाराज जोशीले अभिमुखिकरण गोष्ठीमा जनप्रतिनिधिको ब्यबाहारमा लागू हुने धेरै बिषषमा जानकारी भएको भन्दै सिकेका कुरा ब्यबहारमा लागू गर्ने धारणा राख्नुभय‍ो ।
निम्ति प्रमुख प्रशासकीय अधिकृत केशब जोशीले  ३ दिने कार्यशालामा बजेट कसरी प्रभाकारि र जनमैत्रि बनाउने भन्ने बिषयमा छलफल भएको भन्दै यसले गाउँ पालिकाको बजेट निर्माण र कार्यान्वयनमा सहयोग मिल्ने धारणा राख्नु भयो ।
स्वास्थ्य शाखा प्रमुख पदम बहादुर ओलीले कर्मचारीले नैतिकता र सदाचार  देखाउनु पर्नेमा जोड दिनु भयो ।

IMG20240526112637


थलारा गाउँ पालिकाको आयोजनामा शुक्रबारदेखि
गाउँ कार्यपालिका सदस्यहरु र बिषयगत शाखाका प्रमुखहरुको क्षमता बिकास सम्बन्धि ३ दिने कार्यशाला सुरु भएको थियोे ।
थलारा गाउँ पालिका अध्यक्ष प्रकाश रोकायको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राम बहादुर खाती बिशिस्ट अतिथि रहनु भएको थियो ।
स्थानीय तहका अधिकार के के हुन र संघियताको मर्म अनुरुप स्थानीय तहका गतिविधि भैई रहेकाछन कि छैनन र संघियता अनुरुप स्थानीय तहका गतिविधि अघि बढाउन के कस्तो रणनीतिक अपनाउने भन्ने उद्देश्यले ३ दिने कार्यशालाको आयोजना गरिएको थलारा गाउँ पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जोशीले बताउनुभयो ।

IMG20240526090715


कार्यक्रममा थलारा गाउँ पालिकाका वडा अध्यक्ष कार्यपालिका सदस्य र बिषयगत शाखा प्रमुखको उपस्थित रहेको छ । पत्रकार रामहरि ओझाले सहभागीलाई अभिमुखिकरण गर्नु भएको थियोे ।अभिमुखिकरणमा संघीयता,सुशासन प्रवर्द्धनका मुल्यमान्यता,सुशासन किन आवश्यक छ,
सुशासनका मुख्य आयामहरु,सामाजिक जवाफदेहीताका औजार हरु र
स्थानीय तहको संस्थागत स्व-मूल्यांकन लिजा लगायतका बिषयमा छलफल भएको थियोे ।

IMG20240525112414
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 201