१९ आश्विन २०८१, शनिबार
बझाङको थलारा गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम ७१ प्रतिशत सम्पन्न
बझाङको थलारा गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम ७१ प्रतिशत सम्पन्न भएको छ ।
बहुबर्षीय ठेक्का बाट निर्माण भैरहेको तीन तले प्रशासकीय भवनको निर्माणकार्य ७१ प्रतिशत सम्पन्न भएको हो ।
थलारा गाउँ पालिकाले डिपिआार तयार गरि आर्थिक वर्ष २०७९/०८० देखि बहुवर्षीय ठेक्का अन्तरगत आफ्नो प्रशासकीय भवन निर्माण थालेको हो ।
पालिकाले आर्थिक वर्ष २०७९/०८० मा तीन तले प्रशासकीय भवनको भुईतला निर्माणको जिम्मा जागृति मुनाल जेवी लाई १ करोड ६७ लाखमा दिएको थियोे । निर्माण कम्पनीले उक्त कार्य सम्झौता अवधिमै सकेको थियो । भुईतला निर्माणकार्य सम्पन्न भएपछि भाडाको घर छोडेर आफ्नै प्रशासकीय भवनमा सरेर सेवा दिन सुरु गरेको थियो ।
त्यसपछि २ करोड ४३ लाखमा दोस्रो र तेस्रो तला निर्माणको जिम्मा अनमोल सिबिआर जेभीलाई दिएको थियो ।
दोस्रो र तेस्रो तलाको संरचना तयार भैसकेको र फिनिसिङको कार्य भइरहेको थलारा गाउँ पालिका ईन्जिनियर संगीत रोकायाले बताउनुभयो ।
प्रशासकीय भवनमा २३ कोठा,१ साधारण हल,१ सभाहल र १५ शौचालय रहेका ईन्जिनियर रोकायाले जानकारी दिनु भयो ।
निर्माण कार्यको सम्झौता अवधि २०८१ असोज सम्म रहेको र समयमै निर्माण कार्य सम्पन्न हुने ईन्जिनियर रोकायाको भनाइ छ ।
अहिले आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह गरिरहेका छौ । सवै शाखालाइ प्रयाप्त कोठा नहुदा केही असहजता भैरहेको छ निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जोशीले भन्नू भयो भवनको निर्माणकार्य सम्पन्न भएपछि सेवा प्रवाहमा सहज हुनेछ ।