यू–१९ राष्ट्रिय क्रिकेट : अशोक धामीको कप्तानीमा बझाङको टोली घोषणा

सेयर गरौं

वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटका लागि बझाङको टोली घोषणा गरिएको छ । अशोक धामीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको बझाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविन्द्र धामीले जानकारी दिए ।

टोलीका अन्य सदस्यमा सन्जय बोहरा, इसान दौल्याल, पुष्कर चन्द, मनोज खड्का, रोशन टमटा, अविशेक मल्ल, पारस रोकाया, पारस शाही, भरत चन्द, प्रेम बामकि बोहरा, सुशिल रावल, हिमाल दौल्याल र रोशन कुमार खाती रहेका छन् ।

हरिश दौल्याल, सुशिल मण्डल र अर्जुन सिंह वैकल्पिक खेलाडीका रूपमा छनोट भएका छन् । वाई वाई यू–१९ सुदूरपश्चिम छनोट केही दिनमै डडेल्धुरामा हुँदै छ ।

प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1245