७० वर्षीया ठुलीआमाको हत्या गरेको आरोपमा बझाङमा एक युवक पक्राउ

सेयर गरौं

बझाङमा ७० वर्षीया ठुलीआमाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

जिल्लाको बुङ्गल नगरपालिका–११ तल्लो मौरेबाँजका ३६ वर्षीय हरजितबहादुर पातलीले ठुलीआमा कलुली देवी पातलीको हत्या गरेका हुन्।

उनले मङ्गलवार राति मापदक पदार्थ सेवन गरेर ठुलीआमा नता पर्ने कलुलीदेवीलाई कुटपिट गरेका थिए। उनको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले बताएको छ।

अस्थायी प्रहरी पोस्ट पुतलीलेक र जिल्ला प्रहरी कार्यालय, बझाङको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गर्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1245