१३ माघ २०८१, आईतवार
थलारा गाउँ पालिकामा बाल बिकास सहजकर्ता हरुका लागि एक दिने क्षमता बिकास अभिमुखिकरण कार्यक्रम सम्पन्न
थलारा गाउँ पालिकामा वाल बिकास सहजकर्ता हरुका लागि एक दिने क्षमता बिकास सम्बन्धि अभिमुखिकरण तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
थलारा गाउँ पालिका अध्यक्ष प्रकाश रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राम बहादुर खाती बिशिस्ट अतिथि रहनु भएको थियो ।
अभिमुखिकरण कार्यक्रमा बालकक्षामा पढाईने पाठ्यक्रमका बिषयमा छलफल गरिएको थलारा गाउँ पालिका प्राबिधिक सहायक जानुका रोकाया खड्काले जानकारी दिनु भयो ।
अभिमुखिकरणमा पालिका भरिका वालकक्षा सहजकर्ताको सहभागीता रहेको थियो ।
सहभागीलाई शिक्षा संयोजक हर्क बहादुर रोकाया र प्राबिधिक सहायक जानुका रोकाया खड्काले सहजिकरण गर्नु भएको थियोे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1