२८ आश्विन २०८१, सोमबार
थलारा गाउँ पालिका वडा नम्बर ३ मा घरेलु प्याड निर्माण तथा महिनावारी व्यवस्थापन सम्बन्धि १० दिने तालिम सम्पन्न
थलारा गाउँ पालिका वडा नम्बर ३ मा घरेलु प्याड निर्माण तथा महिनावारी व्यवस्थापन सम्बन्धि १० दिने तालिम सम्पन्न भएको छ ।
जेठ १ गतेदेखि सुरु भएको तालिम आज सम्पन्न भएको हो ।
आर्थिक बर्ष २०८०/०८१ मा वडा नम्बर ३ को चेली कार्यक्रम अन्तरगत विनियोजित बजेटवाट घरेलु प्याड निर्माण तथा महिनावारी व्यवस्थापन सम्बन्धि १० दिने तालिमको आयोजना गरिएको हो ।
ग्रामिण भेगमा प्याड प्रयोग गर्ने किशोरी हरुलाई घरमै प्याड बनाउने सीप सिकाउन र बाहिरबाट खरिद गरिने प्याडमा कमि ल्याउने उद्देश्यले तालिमको आयोजना गरिएको वडा अध्यक्ष प्रकाश भण्डारीले बताउनु भएको छ ।
तालिममा वडा भित्रका १० जना महिलाको सहभागीता रहेको थियो।
सहभागीलाई प्रशिक्षक रमेश नेपालीले प्रशिक्षण दिनु भएको थियो।
तालिममा धोएर छ महिना सम्म प्रयोगमा ल्याउन सकिने प्याड बनाउन सिकाईनुका साथै महिनावारी भनेको के हो र त्यस प्रति समाजको धारणा के छ भन्ने बारेमा पनि जानकारी गराइएको प्रशिक्षक नेपालीले जानकारी दिनु भएको छ ।
समापन कार्यक्रममा वडा अध्यक्ष प्रकाश भण्डारी, थलारा गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर ओली, वडा पालिका सदस्यहरु पाराकाट्ने स्वास्थ्य चौकी कर्मचारी हरुको उपस्थिति रहेको थियो । कार्यक्रममा थलारा गाउँ पालिका वडा नं ३ मा जन्म भई अन्तर्राष्ट्रिय फुटबल खेलाडी बन्न सफल सीता रोकायालाई खादा अबिरले स्वागत गरिएको थियो ।