यार्सा संकलनका क्रममा हिउँमा चिप्लेर बझाङमा एक युवकको मृत्यु

सेयर गरौं

बझाङमा यार्सा संकलनका क्रममा हिउँमा चिप्लेर एक युवकको मृत्यु भएको छ । सुर्मा गाउँपालिका  वडा नम्बर ५ सैनगाउँ गाउँका करिब ३२ वर्षीय  दिपेन्द्र बोहराको बिहीबार बिहान करिब ७ बजे  धौलढुङ्गामा भन्ने स्थानमा हिउँमा चिप्लेर मृत्यु भएको हो ।

 बुधबार मात्रै श्रीमतिसहित यार्सा संकलनका लागि घरबाट हिडेका बोहरा बिहीबार बिहान ५ बजे धौलढुङ्गा पुगेका थिए । बिहान यार्सा संकलनका लागि हिडेका बोहरा एक्कासी हिउँमा चिप्लेको घटनास्थलमै ज्यान गएको स्थानिय दिपेश दमाइले बताउनुभयो । घटनास्थल सुर्माबाट एक दिनको दुरीमा पर्दछ । 

उनको शव घर ल्याइरहेको स्थानीयले बताएका छन् । घरमा दुइवटा साना छोरा छिमेकीको भरमा छोडेर यार्सा संकलनका लागि निस्केका बोहरा दम्पतीले यो बर्जपात बेहोर्नुपरेको हो । बझाङमा अहिले यार्सा संकलनको सिजन चलिरहेकाले छोटो समयमै बढी आम्दानी गर्ने उदेश्यले स्थानीयहरु लेकतिर चढ्ने गर्दछन् । लेकमा चढ्ने क्रममा धेरैले ज्यान गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
संवाददाता
संवाददाता
Articles: 1346