गणेश सायरको निधनप्रति दु:ख ब्यक्त गर्दै नेकपा एमाले थलाराले गर्यो श्रद्धाञ्जली सभा

सेयर गरौं

नेकपा एमाले थलारा गाउँ पालिका वडा नम्बर २ वगाडामा शोकसभा गरेको छ ।
पार्टीका जिल्ला कमिटी सदस्य गणेश सायरको निधनमा शोकसभा गरेको हो ।
थलारा गाउँ पालिका वडा नम्बर २ वगाडामा २०४६ वैशाख २ गते जन्मिएका सायरको कामको शिलशिलामा शुक्रबार भारतको फरिदावादमा अलपायुमै निधन भएको थियोे ।उनको शनिबार भारतको फरिदावादमै अन्त्यष्टि गरिएको छ ।
पार्टीका ईमानदार र जुझारु कार्यकर्ता सायरको निधन प्रति गहिरो दुख ब्यक्त गर्दै ४ नम्बर वडा कमिटीको पहलमा वडा नम्बर २ र ४ ले वगाडामा शोकसभा गरेको नेकपा एमाले थलारा ४ नम्बर वडा कमिटी अध्यक्ष पदम बिष्टले बताउनु भएको छ । उनका अनुसार २ र ४ नम्बर वडा कमिटीले रु. १०/१० हजार र ब्यक्तिगत १२ हजार ५ सय गरि ३२ हजार ५ सय दिवंगत सायरका परिवारलाई किरिया खर्च स्वरुप दिईएको छ ।
सायरका श्रीमती,२ छोरा २ छोरीछन । थलारा गाउँ पालिका वडा नम्बर २ का वडा अध्यक्ष रबिन्द्र खातीको अध्यक्षतामा भएको शोकसभाको सञ्चालन नेकपा एमाले थलारा ४ नम्बर वडा कमिटी अध्यक्ष पदम बिष्टले सञ्चालन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
पदम खड्का
पदम खड्का
Articles: 162